नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते धुम्बाराहीमा बस्ने

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्नेगरि सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्नेगरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिखित जवाफ पेश गरेका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय तोकेर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन अध्ययन गर्न र थप आवश्यक छलफल र गृहकार्य गर्नका लागि १६ गतेसम्म बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा ब्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति