अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन – प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताए ।

अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा भएको उल्लेख गर्दै उनले सबै नागरिकको साथमा सरकार रहेको बताए ।

‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ,’ ओलीले भिडियो सन्देशमा भने ।

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकार सुशासन र विकास अभियानमा अगाडि बढिरहेको उनको भनाइ छ। देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने उनले दोहोर्‍याए । समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ। देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीले बताए । सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति