नेकपा विभाजन भयो भने देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुन्छ : मन्त्री त्रिपाठी

काठमाडौं, १० मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीनेकपा विभाजन नहुने बताए । स्वतन्त्र राजनीतिक समूह नवलपरासी बर्दघाटसुस्ता पश्चिमले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहेका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे ।

आयोजक समूहका संयोजक त्रिपाठीले भने अहिलेको आवश्यकता भनेको वैचारिक/राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’ अर्को प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति