विश्वकै १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना

काठमाडौं, ९ मंसिर । बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।

बीबीसीले मंगलबार सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरसहित फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगरले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बीबीसीले अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखेको जनाएको छ ।

बीबीसीले भनेको छ। “यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” ।

तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी सपनाले कोरोना महामारीबीच लकडाउनका बेला निःशुल्क खानासमेत खुवाउँदै आएकी छन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको अध्यक्ष विनयजंग बस्नेतसँगै उनी उक्त काम गरिरहेकी छिन् । सपना पछिल्लो समय देशका विभिन्न स्थानहरुमा गएर बेवारिसे शव व्यवस्थापनका लागि सामाजिक चेतनामुलक कार्यक्रमहरुमा पनि सहभागि जनाउँदै आईरहेकी छिन् ।

विविसीले तयार गरेको उक्त रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति