मैले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म जाँदैन, अव कसरी अगाडि बढ्ने निर्णय हुन्छ: प्रचण्ड

काठमाडौं, ८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएकोसमेत बताएका छन् । प्रचण्डलाई भेट्न सोमबार विहान स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी खुमलटार पुगेका थिए । भेटमा दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने धारणा राखेका थिए ।

जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका हुन् । प्रचण्डले भने, ‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ । छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’

तर अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको प्रचण्डको भनाइ थियो । एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनको भनाई थियो । पचण्डलाई भेटेर गजुरेल र रायमाझीले भने पार्टी विधि र पद्दतिमा चल्नुपर्ने भएपनि अहिले एकता जोगाउनुपर्ने सुझाव दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति