चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्

काठमाडौं, ८ मंसिर । चीनकी राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पाटीं (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्।

भेटमा उनीहरूबीच के विषयमा कुराकानी भयो भन्ने खुलाईएको छैन । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन्।

चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुँदैछ । यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्। यसअघि प्रधानमन्त्री ओलीसँग पनि भेट गरेकी थिईन् ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति