कोरोनाबाट जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु

बिराटनगर, ७ मंसिर । कोरोना संक्रमणका कारण एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ तर क्लिनिकल्ली कोरोना डेथ भनिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले भने दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति