चिनियाँ विदेशमन्त्री अर्को साता नेपाल आउँदै

काठमाडौं, ५ मंसिर  । छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।

चिनियाँ विदेशमन्त्री नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेका हुन् ।

उनी कति गते, कति दिनका लागि आउने भन्ने विषयमा एकिन हुन बाँकी रहेको भएपनि नेपाल आउने निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भ्रमणको तयारी दुवैदेशबाट सुरु भएको छ । यद्यपी, नेपाली अधिकारीहरु भने चीनबाट चिनियाँ कम्युनिष्ट पार्टीको उच्च नेतृत्वको भ्रमण स्टेट काउन्सिलर स्तरको हुने जानकारी मात्रै भएको बताउँछन् । चिनियाँ विदेशमन्त्री वाङ यी या रक्षामन्त्री वेइ फेङ हे को आउने हुन् भन्नेबारेमा अझै निश्चित नभैसकेको नेपाली पक्षले बताएको छ ।

तर उच्च स्रोतका अनुसार विदेशमन्त्री वाङ नै नेपाल आउने बुझिएको छ । भ्रमणमा राष्ट्रपति, प्रधानमन्त्री, समकक्षी परराष्ट्रमन्त्री, नेकपा अध्यक्ष लगायतको शिर्ष नेतृत्वसँग भेट हुनेछ भने नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल हुनेछ ।

कोरोना भाइरसको महामारीपछि चिनियाँ नेतृत्वबाट नेपालमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले काम गरिरहेका छन् । यससम्बन्धी यकिन सूचना छिट्टै सार्वजनिक गर्ने तयारी भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति