अबदेखि थापाथलीमा निःशुल्क खाना वितरण गरिने

काठमाडौँ, ३ मंसिर । खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना वितरण गर्न आपत्ति जनाएपछि अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको हो ।

कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई विभिन्न समुह र केहि व्यक्तिहरुले खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आईरहेका थिए । यसैबीच काठमाडौं महानगरपालिकाले आपत्ति जनाएपछि उक्त ठाउमा सारिएको बताईएको छ ।

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार बुधबारदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति