नेकपामा विवाद बढेपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं २ मंसिर । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । शीतल निवास स्रोतका अनुसार प्रचण्ड केही समयअघि मात्रै शितलनिवास भित्र प्रवेश गरेका हुन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड शीतल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति