धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

कुनै दीर्घ रोग नभएकी सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

यस्तै तेह्रथुमकी २० वर्षीया महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो । मृतक महिलामा पनि कुनै दीर्घ रोगको समस्या नभएको श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति