ललितपुर, २८ कात्तिक । ललितपुरस्थित बालकुमारीमा भीषण आगलागी भएको छ । बालकुमारीको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिकाको ३ वटा दमकल अहिले आगो नियन्त्रणको लागि प्रयोग भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको प्रकरीले जनाएको छ ।
ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई आफै घटनास्थलमा पुगेका छन् । उनका अनुसार घरहरुको बीचमा आगलागी भएको छ । आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ ।
प्रतिक्रिया