गोली हानेर रौतहटमा १७ वर्षीया किशोरीको हत्या

रौतहट,२७ कात्तिक । रौतहटको लौकाहामा १७ वर्षीया अमृता साहको गोली हानी हत्या गरिएको छ।

गएराती ११ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा साहको हत्या भएको स्थानीय ओम प्रकाश यादवले बताए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरीको टोली घटना स्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार २०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग विवाह गरेकी ती किशोरीले गत असारमा मात्र सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्ध विच्छेदपछि उनी रौतहटस्‍थित माइती घरमा बसेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति