नेकपा कुनै पनि हालतमा फुट्दैनः मन्त्री भट्टराई

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् ।

गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता भट्टराईले ठूलो पार्टीमा सामान्य विवाद भए पनि कुनै हालतमा पार्टी नफुट्ने दाबी गरेका हुन् ।

उनले पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने बताए । नेकपा समुद्र जस्तै रहेको भन्दै उनले समुद्रमा आएको छाल बिलाएर जाने भएकाले आत्तिन नहुने जिकिर गरे । पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति