चीन बन्यो नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जानाउने मुलुक

काठमाडौं । चार महिनामा नेपालमा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता भएको छ । चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जानाउने मुलुक बनेको हो ।

केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ । यस अवधिमा चीनले नेपालमा १३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ ।

सरकारी अधिकारीहरुलाई उद्धत गदै सरकारी सञ्चार माध्यम सिन्हाले जनाएअनुसार पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ, जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ । सो समाचार संस्थाका अनुसार विशेषतगरी होटल र रेष्टुरेन्ट क्षेत्रमा सो प्रतिवद्धता आएको हो । यो अवधिमा लगानीको प्रतिवद्धता गर्ने ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीको पनि रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति