२ हजार ९०९ संक्रमित, थप १८ जनाको मृत्यु

काठमाडौं, २१ कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) भएको छ । २४ घण्टामा १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । यस्तै, पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १५२,९०८ पुगेको छ ।

थप १८ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार पुष्टि भएका मृत्युसहित मृतको सङ्ख्या १,०७० पुगेको छ ।

उपत्यकामा थप १ हजार ३३८ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति