कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्यमा समस्या, आईसियूमा उपचार हुँदै

काठमाडौं २१ कात्तिक । कोरोनाभाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ । कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो ।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो । गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको उनी संक्रमित भएयता स्वास्थ्यबारे निगरानी गर्दै आएका जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति