गैँडाको माउ र बच्चा मृत फेला

नवलपुर, २० कात्तिक । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताए । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।

यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति