विश्वभर कोरोनाबाट एकैदिन ९ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, २० कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको हो ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७४८ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७३१ मध्ये ८९ हजार २१६ को अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति