कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीका नेता इस्बोको निधन

विराटनगर, १८ कात्तिक । कोरोना भाईरस संक्रमणका कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो) को निधन भएको छ ।

गजेन्द्रबहादुर लिम्बु (इस्बो)

इस्बोलाई २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् । इस्बो पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका थिए । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति