अमेरिकी राष्ट्रपति निर्वाचन : ९ करोड ६० लाखले गरे मतदान

अमेरिका,१७ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ९ करोड ६० लाख मानिसले मतदान गरेका छन् ।

कोरोना महामारीका बावजूद पनि अधिकांश राज्यमा मतदाताहरु निर्वाचनपूर्वको मतदानमा सहभागी भएका छन् । निर्वाचनपूर्वको मतदानमा हालसम्म सहभागीहरुको संख्या कूल मतदाताको ४३ प्रतिशत हो । १६ राज्यमा आधा मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकारीहरुले जनाएका छन् । अधिकांश राज्यमा निर्वाचनपूर्वको मतदानले रेकर्ड बनाएको छ ।

यसअघिका निर्वाचनपूर्वका मतदानमा भन्दा यसपटक बढी मानिस मतदानमा सहभागी भएका छन् । शुक्रबारसम्म टेक्सास र हवाईमा सन् २०१६ मा झरेको मतभन्दा बढी मतदान भइसकेको छ भने वाशिङटन डीसी तथा अन्य ३५ राज्यमा सन् २०१६ मा झरेको कूल मतको आधा मतदान भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति