प्रचण्डको ब्रिफिङ: प्रधानमन्त्रीले पार्टी अलग-अलग गरेर जाऊँ भन्नुभयो

काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको बताएका छन्। खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफुसँग अलग-अलग हिँड्न आग्रह गरेको कार्यकारी अध्यक्ष प्रचण्डले ब्रिफ्रिङ गरेका हुन् ।

मुलटारमा आज भएको भेलामा प्रचण्डसँग वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेब गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ रहेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ उनले भने, प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।’

प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको एक नेताको भनाई छ । ‘हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ। उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो। पार्टीको निर्णय र बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो’, ती नेताले भने,

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति