२ हजार ८२४ जना संक्रमित, थप २३ जनाको मृत्यु

काठमाडौं, १६ कात्तिक । नेपालमा बितेको २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । यो अवधिमा १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२० जना रहेका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना रहेका छन् ।

थप २३ जनाको मृत्यु
कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप २३ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

उपत्यकामा थप १६२२ जनामा संक्रमण
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति