काठमाडौंको तीनकुनेमा एक पुरूषको शव भेटियो

काठमाडौं, १६ कात्तिक । काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलमुनि एक पुरूषको शव भेटिएको छ । आइतबार दिउँसो अन्दाजी साढे दुई बजे तीनकुनेस्थित खोलामा एक पुरूषको शव फेला परेको हो।

आन्दाजी ३०÷३२ वर्षका पुरूषको पहिचान भने हुन बाँकी रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार उनको शरीरमा कही चोटपटक देखिएको छैन, पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने बताए । शवको सनाखत गर्न प्रहरीले ती पुरूषको तस्वीर सार्वजनिक गर्न लागेको जनाएको छ, भने प्रहरी थप अनुसन्धान अघि बढाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति