टोखामा युवकको हत्या गरेको अरोपमा ३ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । प्रहरीले टोखा नगरपालिका-५ धापासीमा एक युवको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। संखुवासभा घर भई टोखा–५ धापासी बस्ने १९ वर्षीय दार्जे शेर्पा, टोखा–५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापा मगर पक्राउ परेका छन् ।

राजधानीको धापासीस्थित देवी मन्दिर नजिक गत बिहीबार बिहान १० बजेतिर गोरखाको अजिरकोट गाउँपालिका–५ घर भई टोखा बस्ने २४ वर्षीय आशिष मगरमाथि धारिलो हतियार प्रहार भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति