काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो अवधिमा १४ हजार ९८९ जनाको परीक्षण गर्दा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ भने योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

उपत्यकामा थप १८८८ जना संक्रमित
काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललतिपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।
थप १६ जनाको मृत्यु
नेपालमा कोरोना भाईरस कोभिड १९ संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण हालसम्म ९२० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया