तेस्रो सातादेखि बन्द रहेको तातोपानी नाका आजदेखि खुल्यो

काठमाडौं, १३ कात्तिक । असोज तेस्रो सातादेखि बन्द रहेको सिन्धुपाल्चोस्थित तातोपानी नाका आजदेखि खुलेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार नाका सुचारू भएको र आज नेपालमा चीनबाट सामान बोकेको एउटा कन्टेनर आएको छ । उनले आजदेखि नाकामा कन्टेनरबाट सामान आउन थालेको बताए ।

चीनबाट मालबहाक अरू कन्टेनर पनि शुक्रबारदेखि नेपाल आउने बताईएको छ । नेपालमा कोरोना भाइरस संक्रमण कायमै रहेको भन्दै चिनियाँ पक्षले नाका सञ्चालन गर्न मानेको थिएन। तर स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने, सामाग्री अनलोड गर्ने कामदारको पिसिआर परीक्षण रिपोर्ट बुझाउनेजस्ता समझदारीपछि नाका खुलेको हो।

तातोपानीस्थित भन्सार कार्यालयका अनुसार चीनबाट ल्याइएका सामान नेपालतर्फ अनलोड गरेको केही दिनपछि मात्रै त्यहाँबाट लोड गरेर काठमाडौं पठाउने गरी व्यवस्था मिलाईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति