सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

भक्तपुर, १३ कात्तिक । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतको घरमा कुनै चहलपहल थिएन ।

छ महिना अगाडि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि घरमा आराम गदै गर्दा सांसद बस्नेतको ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा बसेको परिवारमा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि बल्ल दशैँको रौनक आएको छ ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै उनले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बताउदै सांसद बस्नेतले भने, “कोरोनालाई परास्त गरेकी आमाको हातको टीका लगाउँदा उनले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य समेत रहेका बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ देखिएकोमा १५ दिनको होम आईसोलेसनको बसाईबाटै उनीहरु सबैको कोरोना रिपोर्ट हिजो नेगेटिभ आएको थियो ।

आमालाई सुरुमा ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनको बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

यसवर्ष परिवार बाहेक टीका थाप्न आउने अन्यलाई नआइदिन आग्रह गरेको बताउदै उनले कोरोना कहरबीच यस वर्षको दशैँ तिहार परिवार मै सिमित भएर औपचारिकतामा मात्रै मनाउन आग्रह गरे । कोरोनालाई परास्त गर्ने अचुक उपाय आत्मावल नै रहेको आमाबाट पाएको बताउदै उनले कोरोना विरुद्धको भ्याक्सिन सहज रुपमा नआएसम्म हरेक दिन तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जो जस्ता सामग्री पकाएर पानी पिउन सुझाब समेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति