अब दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने

काठमाडौं, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोरोना भाईरस (कोभिड–१९) प्रेस ब्रिफिङ नगर्ने बताएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भने भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने बताए । गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति