नेपालमा कोरोनाबाट थप १४ को मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

काठमाडौँ, ११ कात्तिक । नेपालमा कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति