लुम्बिनीमा थप दुई संक्रमितको मृत्यु

लुम्बिनी, ११ कात्तिक । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे निधन भएको हो ।

महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो । बुटवलका पुरुष यही कात्तिक ७ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको र उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति