प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट लगाए दसैँको टीका

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । प्रधानमन्त्री ओली सोमबार दिउँसो दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीले टीका र जमराको माला ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् । उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति