२ हजार ८५६ जना संक्रमित, थप पाँच जनाको मृत्यु

काठमाडौं, ९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको सरकारी तथ्यांकमा उल्लेख ट । यो अवधिमा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।नेपालमा अहिले ४५,५७२ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख ११ हजार ६७० मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ९३ हजार एक सय ७३ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर गरी ४५,५७२ जना आइसोलेशनमा छन् भने ३,०६४ जना क्वारन्टीनमा रहेका छन्।

थप ५ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना भाईरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको सरकारी तथ्याकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति