विराटनगर, ७ कात्तिक । कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एकएक पुरुष र महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए ।
अस्पतालमा बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।
प्रतिक्रिया