स्वास्थ्य मन्त्रालयलाई दशैँ लाग्यो, ५ दिन नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं, ७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पांच दिनका लागि स्थगित गरेको छ ।

दशैंका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । कोरोनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उनले बताए । स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउंदै आएको थियो ।

अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको मृत्यु भएको छ । यस्तै एक लाख दुई हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर ४४ हजार ८ सय ७७ सक्रिय सङ्क्रमित रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति