काठमाडौं, ६ कात्तिक । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बास्कोटाले नै आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको बताएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित’ । उनका अनुसार दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रतिक्रिया