दार्चुलाको सदरमुकाममा सेना परिचालन

दार्चुला, ५ कात्तिक । दार्चुला सदरमुकाम खलंगामा प्रशासनले सेना परिचालन गरेको छ। निषेधाज्ञा उल्लंघन हुन थालेपछि उक्त स्थानमा सेना परिचालन गरिएको बताएको छ । खलंगा बजारको एक ठाउँमा तीन सातादेखि निषेधाज्ञा छ।

सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरेको थियो । अर्को ठाउँमा पनि संक्रमण बढेपछि सातायता निषेधाज्ञा जारी गरिएको छ।

पसल खोल्ने, मानिसहरू हिँडडुल गर्ने र सामाजिक दूरीसमेत कायम नहुने भएपछि सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको भनाई छ । ‘निषेधाज्ञा उल्लंघन हुने क्रम बढेपछि मानिसहरूमा मनोवैज्ञानिक रूपमा सजग गराउन सेनाले गस्ती गरेको हो,’ पोखरेलले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति