सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ५ कात्तिक । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ । यस्तै चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी १२१० रुपैयाँमा कारोबार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति