दसैँमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशासनको अनुरोध

काठमाडौं, ४ कात्तिक । दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लावासीलाई आग्रह गरेको छ । दसैँको समयमा हुने चहलपहलले कोरोना संक्रमया महामारी झनै फैलिन सक्त्रे भन्दै सचेत हुन अनुरोध गरेको हो ।

प्रशासनले व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरेको हो । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा आग्रह गरिएको छ ।

प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ ।

प्रशासनले चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति