कोरोनाको जोखिम बढ्दै : दशैँमा तिहारमा भीडभाड गर्न निषेध

काठमाडौं ३ कात्तिक । यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँलक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो । मन्दिरहरुमा नित्य पुजाबाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

बढी भाडा लिनेलाई कारबाही

यातायात व्यवसायीले यात्रुहरुबाट आफूखुशी भाडा उठाउने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले त्यरी भाडा असुल्न रोक लगाउने निर्णय गरेको छ । कोभिड सङ्क्रमणको बेलामा सरकारले ५० प्रतिशतसम्म भाडा बढाएर यात्रु ओसारपसार गर्न भनेको थियो तर गत असोज ३० गतेबाट भने पुरानै भाडादर कायम गरी यात्रुलाई सेवा दिन भनिएपनि बढी भाडा लिने गरेको गुनासो आएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति