भारतमा घट्दै संक्रमण : केही राज्यमा विद्यालय र रेल सञ्चालन गरिदैँ

भारत,३ कात्तिक । भारतका चारवटा राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमणदर केही कम भएसंगै पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खोल्न लागिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय जान आह्वान गरिएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षाका ५० प्रतिशत विद्यार्थीलाई मात्रै अध्यापन गराइने छ । बांकीलाई अर्को दिन अध्ययन गराइनेछ । पठनपाठनको समय दैनिक ३ घण्टा मात्र निर्धारण गरिएको छ । एउटा सिटमा एक जना विद्यार्थीलाई बसाइने छ ।

त्यस्तै हिमाञ्चल प्रदेशमा पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय खुला गरिएको छ । सिक्किम सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयां शैक्षिक क्यालेन्डर निर्धारण गरेको छ । मुम्बईमा आजदेखि रेल सेवा समेत सञ्चालनमा आएका छन् । विगत आठ महिनादेखि बन्द रहेको रेल सेना आजबाट सञ्चालनमा आएको हो । विगत केही दिनयता भारतमा दैनिक कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा घट्न थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति