गण्डकीमा पाँच हजार ६८५ संक्रमित

गण्डकी, २ कात्तिक । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति