जीप दुर्घट्नामा मृत्यु भएका ५ जनाकै परिचय खुल्यो

उदयपुर २ कात्तिक । उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटनामा ज्यान गुमाउनेहरुमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की रहेका छन् ।

त्यस्तै, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैबीच रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान ग १ ज ६०४७ नम्बरको जीप आठबिसकोट नगरपालिका वडा नम्बर १२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आठबिसकोटमै रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति