भारतमा थप ५४ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ७१ लाख ७३ हजार नाघ्यो

काठमाडौं, २७ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भारतमा थप ५४ हजारमा संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा ५४ हजार २६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ३८ हजार ८७९ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति