काठमाडौं, २६ असोज । नेपालमा बितेको २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको कुल संख्या ३३ हजार ८८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ११ हजार नाघेको छ।
उपत्यकामा थप २२८३ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
२४ घण्टामा थप ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोभिड१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ६४५ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया