नेपालबिरुद्ध अमिताभ बच्चनको आपत्तिजनक हर्कत !

काठमाडौं, २५ असोज । भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपालको सार्वभौमसत्तामा खुलेयाम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न सोधेका छन ।

कौन बनेगा करोडपति नामक टेलिभिजन कार्यक्रममा बच्चनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भुमी भन्दै आपत्तिजनक प्रश्न सोधेका हुन । बच्चनले प्रश्न सोधेका छन, ‘किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा जगहों को भी शामिल किया गया था ? ’ यो प्रश्नको चार जवाफमध्ये भुटान, नेपाल, म्यानमार र चीन दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति