आज एकै दिन पाँच हजार आठ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ असोज ।  पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५००८ जनालाई संक्रमण देखिएको जानकारी दिए। देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति