रुसी मध्यस्थतामा अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार

काठमाडौं, २४ असोज । अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयाररुसी विदेशमन्त्रीको मध्यस्थतामा मस्कोमा भएको १० घण्टा लामो वार्तापछि अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार भएका हुन् ।

अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार भएका छन् । मस्कोमा शनिबार बिहानदेखि सुरु भएको १० घण्टाको लामो वार्तापछि दुवै पक्ष युद्धविरामका लागि तयार भएको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले बताएका छन् ।

सीमा क्षेत्र नार्गोनो–काराबाख क्षेत्रमा दुई हप्तादेखि भइरहेको तनाव तत्कालका लागि रुसी मध्यस्थतामा अन्त्य हुने देखिएको छ । रुसी विदेशमन्त्रीका अनुसार रेडक्रसले द्वन्द्वग्रस्त क्षेत्रमा मध्यस्थता र मानवअधिकारका कार्यक्रम सञ्चालन गर्नेछ । गत सेप्टेम्बर २७ यता सुरु भएको दुई देशबीचको युद्धमा करिब ३ सय जनाको मृत्यु भएको हजारौंको संख्यामा मानिसहरु घरबारविहीन भएको अलजजीराले उल्लेख गरेको छ । २०१६ देखि उक्त सीमा क्षेत्रमा दुई देशबीच पटक–पटक झडप हुँदै आए पनि पछिल्लो पटक युद्धकै स्तरमा दुवै देशद्वारा गोली हानाहान र ड्रोन आक्रमण भएको हो ।

रुसी विदेशमन्त्री लाभ्रोमले वार्ताको पूरा विवरण बताएनन् तर युरोपेली सुरक्षाका लागि साझेदारी ९ओएससीई० को मिन्स्क समूहले दुई देशबीच शान्ति पुनस्स्थापनाका लागि पहल गर्ने बताए । मस्कोमा अर्मेनिया र अजरबैजानका विदेशमन्त्री सहभागी थिए । तर उनीहरुले भने पत्रकारहरुसँग कुरा गरेनन् ।

के हो विवाद रु

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपति यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ । पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए । त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।

नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ । अन्तर्राष्ट्रि रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।
रोयटर्सबाट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति