भारतमा पुजारीको जिउँदै जलाएर हत्या

काठमाडौँ, २४ असोज । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ।राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो । जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ ।करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको पनि अन्य फरार भएका छन् । उनीहरुको खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति