वैदेशिक रोजगारीः दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारको अनुरोध

काठमाडौं, २२ असोज । तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ । कोरोना महामारीका कारण दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले तत्काल रोजगारीका लागि जान नपर्ने भएमा कम्तिमा अबको दुई हप्ता निवेदन नदिन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले कार्यालयले अहिले पुनः श्रम स्वीकृतिका लागि इ टोकनको संख्या समेत सीमित गरेको जनाएको छ । तर तत्काल जान पर्ने भएमा निवेदन दिन सकिन्छ । तर अबको दुई हप्तापछि पुनः श्रम स्वीकृति लिंदा पनि हुने भएमा तत्काल निवेदन नदिन भनिएको हो ।

केही समयअघि कार्यालयको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति सहित सबै सेवा बन्द गरिएको थियो । तर अहिले स्वास्थ्य मापदण्डसहित सेवा सुरु गरिएकाले कडाइका साथ कार्यालय जादा स्वास्थको मापदण्ड पालना गर्न कार्यालयले अनुरोध गरेको छ । सङ्क्रमण देखिएका कर्मचारी होम आइसोलेशनमा रहेकाले नै सेवा सीमित गरिएको कार्यालयको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति